नेप्सेका सिईओले सात लाखको बीमा सुविधा सहित २५ लाख रुपैयाँ तलब भत्ता बुझे

२१ माघ २०८०, आईतवार १८:२३

काठमाडौं । गत आर्थिक बर्षको तलब भत्ता वापत नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीलेसाढे २५ लाख रुपैयाँ बुझेका छन् । कार्कीले तलब भत्ता सहित उक्त रकम बुझेका हुन ।

गत आर्थिक वर्षमा कार्कीले १८ लाख तलब, ३ लाख ९२ हजार भत्ता, चाडपर्व खर्च एक लाख ६९ हजार रुपैयाँ बुझेका छन् । उनले सञ्चयकोष बापत एक लाख ८० हजार रुपैयाँ बुझेका छन्।
त्यस्तै उनको जोखिम रक्षावरणको लागि ७ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा समेत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*