अप्पर तामाकोशी हाइड्रोपावरको लिलामीमा नपरेको आवेदकको रकम आजबाट खाता जम्मा हुँदै

२२ माघ २०८०, सोमबार ०८:१६

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयरको लिलामीमा नपरेको रकम आजबाट लगानीकर्ताको खातामा फर्कदै छ । कम्पनीको लिलामी शेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार लिलामीको लागि झन्डै १४ अर्ब रुपैयाँको आवेदन परेको थियो ।

गत बिहीबार लिलामीको शेयर बाँडफाँट हुँदा १ सय ४७ रुपैयाँ कटअफ प्राइस तोकिएको छ । १४७ रुपैयाँ भन्दा बढी मूल्यमा शेयर आवेदन गर्ने लगानीकर्ताले शेयर पाएका छन् भने त्यो भन्दा कम मूल्यमा शेयर आवेदन गर्नेलाई शेयर परेन । १४ अर्ब रुपैयाँमध्ये झन्डै साढे २ अर्ब रुपैयाँ रकम अप्पर तामाकोशीको खातामा ट्रान्सफर हुनेछ भने बाँकी रकम भने सम्बन्धित लगानीकर्ताकै खाता फर्काइनेछ । करिब साढे ११ अर्ब रुपैयाँ रकम लगानीकर्ताको खातामा फर्किनेछ । अप्पर तामाकोशीको हकप्रद शेयर लिलामीमा परेको अधिकांश रकम दोस्रो बजारमा कारोबार गर्ने कारोबारीले नै हालेको रकम हुनाले यो रकम पुनः बजारमा नै फर्किने पुराना शेयर लगानीकर्ताहरु बताउँछन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*