युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

२२ माघ २०८०, सोमबार ०९:३५

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनील् गत आर्थिक बर्षको मुनाफाबाट ५।७८९ लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५।५० प्रतिशत बोनस सेयर र ०।२८९ नगद लाभांश कर तिर्न दिने निर्णय गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । यता, कम्पनीले लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, घारीपाटन(१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्नेछ । यसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । यसअघि आर्थिक वर्ष २०७८(७९ को नाफाबाट कम्पनीले १०।५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*