सिद्धार्थ प्रिमियरको २ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२२ माघ २०८०, सोमबार ११:०३

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २ लाख ८७ हजार ५०० कित्ता संस्थापक बिक्रिमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको सो शेयरमा आज (माघ २२ गते) देखि आवेदन दिन सकिनेछ ।

उक्त शेयर विद्यमान संस्थापक वा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद गर्न सक्नेछन् । शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने भएकाले आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर खरिदको लागि आवेदन दिन सकिनेछ । उक्त शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाई बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा फागु ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*