माण्डु हाइड्रोपावरले म्युचुअल फण्डलाई बाँडफाँट गरेको सेयरको ‘लक इन’ अवधि सकिदैं

२२ माघ २०८०, सोमबार १३:११

काठमाडौं । माण्डु हाइड्रोपावरको म्युचुअल फण्डलाई बाँडफाँट गरेको सेयरको ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ । सो पश्चात म्युचुअल फण्डले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

धितोपत्र बोर्डले म्युचुअल फन्डहरुलाई बिक्री गरेको आइपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो । सो बमोजिम कम्पनीको हाल २२ हजार ९३५ कित्ता सेयर म्युचुअल फण्डहरुको ‘लक इन’ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*