युनाईटेड मोदीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

२४ माघ २०८०, बुधबार १३:००

काठमाडौं । युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

मोवाखोला जलविधुत् आयोजनाको प्रवद्र्धक युनाईटेड मोदीलले हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृतिका लागि पुस ११ मा पेश भएको निवेदन अनुसार कम्पनीको हालको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्न स्वीकृती दिएको जानकारी आयोगको माघ २२ गतेको २२ औ बैठकको निर्णय अनुसार नेप्सेमा सूचना दिएको छ।

कम्पनीले नियामक निकायबाट स्वीकृत भएपछि मात्र आगामी साधारणसभाबाट उक्त प्रस्ताव पेश गर्ने छ । सभाबाट पारित भए बोर्डमा र बोर्डबाट पारित भएपछि कमपनीले हकप्रद शेयर बिक्रि खुल्ला गर्नेछ ।
कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि कम्पनीको पुँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*