आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा?

२५ माघ २०८०, बिहीबार १०:३७

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा विहान १० बजेदेखि बस्ने भएको छ ।

लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश नगरेको यस कम्पनीको सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित नाफा, नोक्सान तथा नगद प्रवाह विषयमा छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै, सभाले संस्थापक समूहबाट एक महिलासकित चार जना र सर्वसाधारण समूहबाट दुई जना प्रतिनिधित्व हुने गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ यस कम्पनीले फागुन १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*