नेप्सेमा सूचीकृत आधा दर्जन जीवन बीमा कम्पनीको वित्तिय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ? (सूची सहित)

२५ माघ २०८०, बिहीबार २०:१८

काठमाडौं । नेप्सेमा सूचीकृत आधा दर्जन जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।बीमा प्राधिकरणले दिएको चुक्ता पुुँजीको निर्णय अनुसार नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी, आम्दानी, नाफा र रिटेन्ड अर्निङमा अग्रस्थानमा रहेको छ।

कम्पनीको हाल ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । ७ मध्ये सबैभन्दा कम सन नेपाल लाइफको पुँजी देखिएको छ ।सेयर प्रिमियम रिलायबल नेपालको सबैभन्दा धेरै १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । सबैभन्दा कम नेसनल लाइफको सेयर प्रिमियम रहेको छ ।

यता, रिटेन्ड अर्निङ सूर्यज्योति लाइफको सबैभन्दा धेरै १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ बराबरको रहेको छ । नेसनलको रिटेन्ड अर्निङमा ६० करोड १८ लाख रुपैयाँ छ ।

बीमाशुल्क संकलन पनि नेपाल लाइफले अरुको भन्दा धेरै गरेको छ । यसले १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

सबैभन्दा कम सन नेपालले १ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यता, सन नेपालको प्रतिसेयर आम्दानी (वार्षिक) भने अरुको भन्दा धेरै छ । यसले उक्त आम्दानी २० रुपैयाँ ५३ पैसा छ । सिटिजनको भने ६ रुपैयाँ ६० पैसा रहेको छ । नेटवर्थ सिटिजनको सबैभन्दा धेरै १८१ रुपैयाँ १३ पैसा बराबर रहेको छ ।

मुनाफामा नेपाल लाइफ र नेशनल लाइफ अग्रस्थानमा रहेको छ।सन नेपाल लाइफको इपीएस सबैभन्दा धेरै २० रुपैयाँ २२ पैसा रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*