सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा २१ प्रतिशतले बढ्यो, व्यवसाय कतिले बढ्यो ?

२६ माघ २०८०, शुक्रबार ०७:००

काठमाडौं ।सानिमा जिआईसी इन्स्योरेन्स ले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा कम्पनीको मुनाफा २१ प्रतिशतले वृद्धि भएर १० करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत बषको सोहि अवधिमा कम्पनीको मुनाफा८ करोड ७३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन गत बर्षको तुलनामा ११ प्रतिशतले वृद्धि भएर ८६ करोड ३५ लाख रुपैयाँ पुगको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।

दोस् त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ३२ प्रतिशतले बढेर २९ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।गत बर्षमा कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, महाविपत्ती कोषमा ३ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा १३ करोड७५ लाख रुपैयाँ रकम संञ्चिती रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५६ पैसा र प्रति शेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ९८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*