‘कुमारी सबल योजना’ को १० करोड इकाई बिक्री खुला

२८ माघ २०८०, आईतवार १०:३०

काठमाडौँ । कुमारी क्यापिटलले म्युचुअल फण्ड आज अर्थात् माघ २८ गतेदेखि निष्कासन गरेको छ। क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो ।

जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ ।बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

इकाईधनीहरुले यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयमा सबै इकाई बिक्री नभएमा फागुन १३ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*