घट्यो मार्केट, अधिकांश सूचक सकारात्मक हुँदा समेत किन हुँदैछ सेयर बजार प्रभावित ?

२८ माघ २०८०, आईतवार १५:१३

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । निरन्तर चार दिन सुधार आएको बजारमा आज भने ब्रेक लागेको हो । बजारमा लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि भएको देखिन्छ ।

सेयर बजारका लागि आवश्यक परिसूचक सकारात्मक छन् । ब्याजदर समेत घट्दो छ । नियामक निकाय समेत केहि लचिलो बन्दै गएको छ । सोहि कुराले सेयर बजारमा बढ्न बल पुग्ने बेला रहेको छ । बजार निरन्तर बढ्दा आज केहि सामान्य करेक्सन देखिएको आंकलन भइरहेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । कम्पनीको नाफामा संकुचनदेखि प्रतिसेयर आम्दानी समेत घटि रहेको छ । सोहि कारणले समेत लगानीकर्ता डराएको जानकारहरुका तर्क छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अकंले घटेर २०८५.८२ बिन्दुमा बन्द भएको छ । आज ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार तीन उपसूचकमा मात्र हरियाली लागेको छ । आज विकास बैंक समूहको ०.०९ प्रतिशत, हाइड्रोपावर समूहको ०.२२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*