सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा १६ प्रतिशतले बृद्धि, अन्य सूचांक कस्तो ?

२९ माघ २०८०, सोमबार ०७:२७

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकहरुमा प्रगति गर्न सफल भएको छ ।

सलिकोको मुनाफा १६ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा १७ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा कमाएको कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधीमा २० करोड आठ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

कम्पनीको व्यवसायमा उल्लेख्य बृद्धि गर्दै एक अर्ब ५९ करोडबाट बढाएर एक अर्ब ९१ करोड पुर्याउन सफल भएको छ । समीक्षा अधवीमा सलिकोले एक अर्ब ३९ करोड ९० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १५.३२ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर कूल सम्पत्तिको ५८३ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*