सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ११७ प्रतिशतले बढ्यो, मुनाफा कति ?

२९ माघ २०८०, सोमबार ०८:३१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत बर्षको तुलनामा कम्पनीको मुनाफा ११७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ६० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ८६ प्रतिशतले बृद्धि भएर १ अर्ब ५० करोड रुपैयाँ पुराउन सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क१६४ प्रतिशतले बृद्धि भएर ७९ करोड २५ लाख माथि रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले १ करोड ३९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोषमा ७६ करोड ८८ लाख ४८ हजार रुपैयाँ र इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय ६४ रुपैयाँ ३६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*