पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

२९ माघ २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से बढेसँगै सूचीकृत १९९ कम्पनीहरुको शेयरमूल्य पनि बढेको हो ।

आज बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो । यी कम्पनीहरुको शेयरमूल्य क्रमशः १०, १०, ९.९९, ९.९९ र ९.९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी यस दिन जोशी हाइड्रोपावरको ९.२९, दोर्दी खोला जलविद्युतको ८.५४, महुली लघुवित्तको ८.१२, गुराँस लघुवित्तको ८.१० र भिजन लुम्बिनी उर्जा कम्पनीको ७.७९ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*