निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४९ प्रतिशतले बढ्यो, कुनको वृद्धि कति ?

२९ माघ २०८०, सोमबार १४:०८

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा हाल नेपालमा संचालित १४ मध्ये १३ कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।

गत आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरुको मुनाफामा ४९ प्रतिशतले वृद्धि भएको कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणले देखाएको छ।

गत बर्षमा १ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले यस बर्षमा २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्।चुक्ता पुँजी पुराउने दौडमा लागिरहेका नेपाल इन्स्योरेन्स कम्पनीकम्पनीले समीक्षा अवधिसम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

दोस्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले दोस्रो त्रैमाससम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।

अग्रस्थामा रहेको नेपाल इन्स्योरेन्स वृद्धिदरमा अगाडि रहेको छ। कम्पनीको मुनाफा २३२।३३ प्रतिशतले नाफा वृद्धि भएको छ । शतप्रतिशत बढी मुनाफा कमाउने प्रभु इन्स्योरेन्स पनि अग्रस्थामा उक्ल्एिको छ ।

सिद्धार्थ प्रिमियर इ्रन्स्योरेन्स ११७।३४ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।
नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ घाटामा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*