ब्याजदर घट्दा सेयर बजारमा रौनक, परिसूचक २१ सय बिन्दुमा, १२ उपसूचक हरियाली

२९ माघ २०८०, सोमबार १५:०४

काठमाडौँ । भोलि अर्थात फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । सेयर बजारको मुख्य शत्रुको रुपमा लिइएको ब्याजदर घट्दा सेयर बजारमा सुधारको संकेत देखिएको हो ।

यता, राष्ट्र बैंकले समेत मौद्रिक नीतिको दोस्रो समिक्षा सार्वजनिक गर्ने तिर लागि परेको छ । सोहि कारण समेत आज बजारमा जुन उछाल आउनु पर्ने हो त्यो देखिएको छैन । लगानीकर्ता पर्ख र हेरको अवस्था रहेका छन् । नियामकले केहि सामान्य बाधा गर्ने नीतिमा सुधार गर्दा सेयर बजारमा उछाल आउने देखिन्छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । कम्पनीको नाफामा संकुचनदेखि प्रतिसेयर आम्दानी समेत घटि रहेको छ । सोहि कारणले समेत लगानीकर्ता डराएको जानकारहरुका तर्क छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.३३ अकंले बढेर २१०१.१६ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार १२ उपसूचकमा हरियाली आएको छ । आज अन्य समूहबाहेक समम्पूर्ण सूचक ओरालो लागेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*