नेप्से उकालो लाग्दा सोमबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

२९ माघ २०८०, सोमबार १५:११

काठमाडौं । शेयर बजार परिसूचक नेप्से उकालो लाग्दा अधिकांश हाइड्रो पावर कम्पनी, लघुवित्त तथा ग्रोथफण्डहरु सर्वाधिक ऋणात्मक भएका छन् ।

स्कट मार्केटमा दोस्रो कारोबार दिन सोमबार एनआईसी एशिया ग्रोथ फण्ड–२ ले सर्वाधिक गुमाएको छ । एनआईसी एशिया ग्रोथ फण्ड–२ ८.८९ प्रतिशतले ऋणात्मक हुन पुगेको छ ।

यस्तै, इमर्जिङ नेपाल लिमिटेडले ३.८६, मिड सोलु हाइड्रोले ३.१८ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ ले २.७९ प्रतिशतको नोक्सानी व्यहोरेका छन् ।

यस्तै, एसबीएल डिबेन्चर, सोनापुर मिनेरल्स, बीपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, त्रिशुली जलविद्युत, नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर र एनएमबी डिबेन्चरका लगानीकर्ताले समेत सर्वाधिक गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*