सर्वसाधारणलाई आइपीओ निष्कासनको अनुमति माग गर्दै रिलायन्स स्पिनिङ मिल्स बोर्डमा, एक कित्ताको मूल्य ८२० रुपैयाँ ८० पैसा

२९ माघ २०८०, सोमबार १८:५५

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हा् र

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस अघि योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाईलाई निष्काशन गरिएको शेयरको कट अफ मूल्य ९१२ रुपैयाँ कायम भएको थियो । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था अनुसार कम्पनीले सर्वसाधारणलाई कम्पनीको सेयर प्रति कित्ता ८२० रुपैयाँ ८० पैसामा शेयर निष्काशन गर्न लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*