नेपाल टेलिकमले छ महिनामा कमायो झण्डै चार अर्ब, इपिएस कति ?

१ फाल्गुन २०८०, मंगलवार ०७:५७

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधीमा झण्डै चार अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरिको वित्तीय विवरण अनुसार चालु आवको छ महिनामा तीन अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशत घटेको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले चार अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष घट्न पुगेको छ । पछिल्लो समय दुर सञ्चार प्रविधिमा अनलाईनको बढ्दो प्रयोगका कारण आम्दानी घट्न पुगेको हो ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशत र वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपाल टेलिकमको कूल चुक्ता पुँजि १८ अर्ब रुपैयाँ रहेको छ । साथै जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ ।

आम्दानी प्रभावित भई मुनाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी प्रभावित हुन पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३.७६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*