अपर तामाकोशी हाइड्रोपावरको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक

१ फाल्गुन २०८०, मंगलवार १३:१३

काठमाडौं । आम लगानीकर्ताको चासोको बिषय बनेको अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष ८२ करोड ४८ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीको यो त्रैमासमा घटेर २५ करोड ७६ लाख रुपैयाँमा आएको छ ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी ४ अर्ब ९८ करोड रुपैयाँबाट बढाएर ५ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ । एक वर्षको अवधिमा कम्पनीको कर्मचारी सञ्चालन खर्च भने २० करोड ५३ लाख रुपैयाँबाट बढेर २७ करोड ५१ लाख रुपैयाँ भएको छ ।

कम्पनीको चुक्ता पुँजी १९ अर्ब ४७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक ७ अर्ब ५७ करोड रुपैयाँ ऋणात्मक छ । पुससम्म हेर्दा कम्पनीको ७२ अर्ब ७७ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।

यस अवधिमा कम्पनीले अन्य स्रोतमार्फत ४ लाख ७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ ११ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*