मौद्रिक नीति अर्धवार्षिक समीक्षालाई सेयर बजारले दियो रातो कार्पेट, बजारमा भारी गिरावट, १३ उपसूचक राताम्य

१ फाल्गुन २०८०, मंगलवार १५:०४

काठमाडौँ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षालाई सेयर बजारले रातो कार्पेटले स्वागत गरेको छ । बजारमा आज भारी गिरावट देखिएको हो ।

बैंकहरुले आजदेखि लागु हुने गरी ब्याजदर घटाएका छन् । सेयर बजारमा शत्रुको रुपमा लिइने ब्याजदर घट्ला लगानीकर्तामा उत्साह आएको थियो । तर, मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले लगानीकर्तालाई खुसी बनाउन सकेन । लगानीकर्ताले सेयर बजारलाई बाधा गर्ने केहि नीति परिवर्तनको आशा गरेका थिए । ५० लाख रुपैयाँभन्दा माथिका सेयर धितो कर्जामा जोखिमभार घट्ने तथा व्यक्तिगत तथा संस्थागत लगानीमा लगाइएको सीमा हट्ने आशा थियो ।  तर यसो नहुदाँ लगानीकर्ता रुष्ट बनेका छन् ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । कम्पनीको नाफामा संकुचनदेखि प्रतिसेयर आम्दानी समेत घटि रहेको छ । सोहि कारणले समेत लगानीकर्ता डराएको जानकारहरुका तर्क छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५६ अकंले घटेर २०७०.५९ बिन्दुमा बन्द भएको छ । मंगलबार ३०५ कम्पनीको १ करोड ३१ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूह १.०९ प्रतिशत, विकास बैंक समूह २.४० प्रतिशत फाइनान्स समूह २.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*