सेयर बिक्री गर्ने हाबि बने लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१ फाल्गुन २०८०, मंगलवार १५:१०

काठमाडौँ । सेयर बजारमा लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त भएका छन् । मौद्रिक नीतिको समिक्षा मार्फत नीतिगत अवरोध खुला नभएपनि लगानीकर्ता बिक्री गर्ने तिर लागेका हुन् । लगनीकर्ताको मनोबल कमजोर भएको कारण बजार घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.५६ अकंले घटेर २०७०.५९ बिन्दुमा बन्द भएको छ । मंगलबार ३०५ कम्पनीको १ करोड ३१ लाख ६५ हजार २०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, सोनापुरको ११ करोड ९२ लाख रुपैयाँ, सानिमा मिडिल तमोरको १० करोड र सगरमाथा जलविद्युतको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*