हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीका झुम्मिए लगानीकर्ता

२ फाल्गुन २०८०, बुधबार १५:०९

काठमाडौँ । सेयर बजारमा झिनो सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.९१ अकंले घटेर २९७६.५० बिन्दुमा बन्द भएको छ ।

आज ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । आज कम्पनीको १७ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, गोर्खास फाइनान्सको १२ करोढ ५९ लाख रुपैयाँ, प्राइम कर्मिसियल बैंकको संस्थापक सेयरको ११ करोड ६४ लाख रुपैयाँ र जोशि हाइड्रोपावरको १० करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*