नेप्सेको वर्गीकरणः अधिकांश हाइड्रोपावर कम्पनी क्लास ‘जी’ र ‘जेड’ मा

३ फाल्गुन २०८०, बिहीबार १६:४३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर र सानिमा माई हाइड्रोपावर क्लास ‘ए’ मा परेका छन् ।

त्यस्तै, आँखु खोला जलविद्युत, अपि पावर, अरुण काबेली, अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, कालिका पावर, माउन्टेन हाइड्रो, नेशनल हाइड्रो, ङादी पावर, राधी विद्युत, रिडी पावर, सिनर्जी पावर र युनियन हाइड्रोपावर क्लास ‘बी’ मा परेका छन् ।

त्यसैगरी, बुद्धभूमि हाइड्रोपावर, बलेफी हाइड्रोपावर, रिभर फल्स, दोर्दी खोला जल विद्युत, विन्ध्यावासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, अप्पर हेवाखोला हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, सयपत्री हाइड्रोपावर, पिपुल्स पावर तथा सिक्लेस हाइड्रोपावर क्लास ‘जी’ मा परेका छन् ।

सोही अनुसार इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर, शुभम पावर, सुपर माडी हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, माया खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, सानिमा मिडल तमोर, सगरमाथा जलविद्युत, मोलुङ, मकर जितुमाया सुरी, माई खोला, भूगोल इनर्जी, डोल्टी पावर, मेन्छियाम, इन्ग्वा, मोदी इनर्जी, रावा इनर्जी, अप्पर स्याङ्गे, थ्री स्टार, कुथेली बुखरी स्मल, अप्पर लोहोरे खोला, मनकामना इन्जिनियरिङ, मान्डु, मिड सोलु, भगवति, माथिल्लो मैलुङ, त्रिशुली जल विद्युत, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावर पनि क्लास ‘जी’ मा परेका छन् ।

यता, छ्याङ्दी, दिव्यश्वरी, घलेम्दी, ग्रीन लाइफ, हिमाल दोलखा, हिमालयन ऊर्जा, हिमालयन पावर, जोशी, खानी खोला, मध्य भोटेकोशी, मैलुङ खोला जल विद्युत, माउन्टेन इनर्जी नेपाल, नेपाल हाइड्रोपावर डेभलपर्स, न्यादी, पञ्चकन्या माई, पाँचथर पावर, रसुवागढी, रु रु जल विद्युत, सहस ऊर्जा, साम्लिङ पावर, सान्जेन जल विद्युत, शिव श्री, सिंगटी, तेह्रथुम पावर, युनाइटेड आरडीआई मार्दी एण्ड आरबी, युनाइटेड मोदी र अप्पर तामाकोशी लगायतका हाइड्रोपावर कम्पनी क्लास ‘जेड’ मा परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*