उजुरी र मुद्दैमुद्दाका बीच अघि बढ्यो सर्वोत्तम सिमेन्टको आईपिओ, १८ हजार तिरेर भर्ने कि नभर्ने ?

१३ फाल्गुन २०८०, आईतवार ११:०१

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपिओ जारी गर्न सुरु भएको छ । सर्वसाधारणको लागि सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६०।९० रुपैयाँका दरले बुक बिल्डिङमा आईपिओमा आवेदन आह्वान गरेको हो । तर, लगानीकर्ताहरु सर्वोत्तम सिमेन्टको आईपिओ भर्ने कि नभर्ने भनेर अन्योलमा परेको देखिएको छ ।

न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने, सुरुमा १८ हजार ४५ रुपैयाँ नगद भुक्तानी गरेर आवेदन दिनुपर्ने सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ अहिलेको सर्वाधिक विवादित आईपिओ हो । सो कम्पनीले विगत सात वर्षदेखि नेपाल सरकारबाट पाएको अर्बौ रुपैयाँ कर छुट सुविधासमेत गणना गरेर सरकार र लगानीकर्ता दुवैलाई ढाँटेर बुक बिल्डिङमा आईपिओ जारी गर्न लागेको भन्दै धितोपत्र बोर्ड, अर्थमन्त्रालय र अख्तियारमा उजुरी परेको छ । सो सम्बन्धमा अर्थमन्त्रालयले छानविन गर्न धितोपत्र बोर्डमा पत्राचार गरेको भएपनि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले घुस खाएर सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओलाई जारी राख्न अनुमति दिएका छन् ।

चारैतिर उजुरी, नियामकमाथि नै अर्थमन्त्रालयले पत्र लेखेर स्पष्टिकरण सोधेको विषयमा जवाफ नदिई नेपाल धितोपत्र बोर्डका भ्रष्ट कर्मचारीहरुको आडमा जारी हुन लागेको सर्वोत्तम सिमेन्टको आईपिओ भर्ने कि नभर्ने ? प्रश्न उठेको छ । लगानीकर्ताहरु अन्योलमै रहेका छन् । एक हजार रुपैयाँ न्यूनतम मूल्यमा भर्न पाईने आईपिओलाई १८ हजार ४५ रुपैयाँ पुर्याइएको विषयमा नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालदेखि नेपाल धितोपत्र बोर्डमा कार्यरत भ्रष्ट कर्मचारीहरु ढिलो चाँडो छानविनमा पर्ने नै देखिन्छ । बालुवाटारको जग्गा काण्ड २०६३ सालदेखि छानविनमा गएर करिब २० वर्षपछि बल्ल अख्तियारले एक्सन लिएको अवस्थामा नेपाल धितोपत्र बोर्डभित्र भइरहेको भ्रष्टाचार र सेटिङ एक दिन न एक दिन छानविनमा पर्ने छ ।

सर्वोत्तम सिमेन्टको पछिल्लो अवस्था प्रतिशेयर नेटवर्थ गत आवको १८५.३६ रुपैयाँ रहेको छ । सो आधारमा नेप्सेमा दोस्रो बजारमा शेयर बिक्री मूल्य निर्धारण हुने हुँदा अधितम् बिक्री मूल्य हालको बुक बिल्डिङ आईपिओ बराबर जस्तै हुनेछ ।

जम्मा कूल २७ लाख ७६ हजार ७६ कित्ता शेयर मात्रै सर्वसाधारणले आवेदन दिने भएकोले जम्मा ५५ हजार ५२२ जनाले मात्रै शेयर पाउनेछन् । धेरै आवेदकले शेयर नपाउने र ठूलो रकम बैंकमा होल्ड हुने हुँदा सर्वोत्तम सिमेन्टको आईपिओ भर्ने कि बढ्ने क्रममा रहेको दोस्रो बजारमा शेयर कारोबार गर्ने दोधारमा लगानीकर्ताहरु रहेका छन् । आश्चर्यको कुरा के छ भने लगानीकर्ताहरु दोधारमा हुने समेत चरम भ्रष्टाचार र बथितीमा रहेको नेपाल धितोपत्र बोर्ड भने मौन बसिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*