चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा

१५ फाल्गुन २०८०, मंगलवार ०७:३८

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा फागुन ३ गतेदेखि नै बोनस शेयर जम्मा गरिएको कम्पनीले बताएको छ ।

साथै, भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीलाई पनि शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ । शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर स्वतः शेयरधनीको हितग्राही खातामा जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*