शेयर लगानीकर्तालाई नगद लाभांश दिने सलिकोको निर्णय

१५ फाल्गुन २०८०, मंगलवार ०९:३१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्ना लगानीकर्ताहरुलाई नगदै लाभांश दिने निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको हो । सो निर्णय नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*