सिप्ला सेक्युरिटिज ३ कार्यदिनका लागि निलम्बन

१५ फाल्गुन २०८०, मंगलवार १३:१६

काठमाडौं । सिप्ला सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर २०) निलम्बनमा परेको छ । तोकिएको समयभित्र राफसाफ र फर्छ्यौट कार्य नगरेको आरोपमा निलम्बनमा परेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको २०८० फागुन १३ गतेको पत्रमार्फत तोकिएको समय अवधिभित्र राफसाफ र फर्छ्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएको भन्दै ३ कार्यदिनका लागि निलम्बन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*