पाँच हजार रुपैयाँमै धितोपत्र बोर्डको अध्यक्ष बन्न पाइने, के के छन् अन्य योग्यता र क्षमता ?

१५ फाल्गुन २०८०, मंगलवार १६:२०

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधी–२०८० सार्वजनिक गरेको छ।

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनुसूची(१ बमोजिमको सूचना प्रकाशन गरी आवेदन माग गनुपर्ने हुन्छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ९२० बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति, धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १० बमोजिम देहायको योग्यता भएको ९क० नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, रसोही ऐनको दफा ११ बमोजिम अयोग्य नभएको व्यक्तिलाई अध्यक्षमा चयन गर्ने कार्यविधिमा खुलाएको छ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ९संशोधन सहित० को दफा ३ (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम देहायको अयोग्यता नरहेको व्यक्तिलाई छनोट गर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

mof sebon beemapost.com

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*