नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ हजार चाहिने, अरू के के चाहिन्छ योग्यता र क्षमता ?

१५ फाल्गुन २०८०, मंगलवार १९:०६

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा ९५० मा रहेको व्यवस्था बमोजिम आवश्यक कार्यविधि निर्धारण गरेको हो ।

नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रिययस्तरको दैनिक पत्रिकामा अनुसूची–१ बमोजिमको सूचना प्रकाशन गरी आवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उम्मेदवारको योग्यता तथा अनुभवको सन्दर्भमा आवेदकले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ९२० बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

 

दरखास्त दिने उम्मेदवारको उमेर दरखास्त दिने मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष पूरा नभएको हुनुपर्नेछ ।

सोही कार्यविधिले अध्यक्ष नियुक्तिका लागि लिने आवेदनको शुल्क समेत निर्धारण गरेको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८० अनुसार आवेदकले दरखास्तसँगै ५ हजार रुपैयाँ दस्तुर शुल्क बुझाउनुपर्नेछ । अर्थ मन्त्रालयको कार्यालय कोड नं। ३०५००३५०१, राजस्व खाताः १०००१००२०००१०००० तथा राजस्व शीर्षकः १४२२४ मा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंक शुल्क बुझाउनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

अध्यक्षको पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले तोके बमोजिम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*