झण्डै ८ लाखले आवेदन दिए सर्वाेत्तम सिमेन्टको प्रतिकित्ता ३६० रुपैयाँको आईपीओमा आवेदन

१६ फाल्गुन २०८०, बुधबार १२:२४

काठमाडौं । सर्वाेत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज (फागुन १६ गते) अन्तिम दिन रहेको छ । कम्पनीको यस शेयरमा आजको १०ः३५ बजेसम्म ७ लाख ९९ हजार ९६२ जनाले चार करोड २७ लाख एक हजार ८३० कित्ता शेयरका लागि १५ अर्ब ४१ करोड १० लाख ९० हजार ४४७ रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

यस कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । बुक बिल्डिङ विधिबाट निर्धारण भएको कम्पनीको शेयर प्रतिकित्ता ३६०.९० रुपैयाँ रहेको छ । यसमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । यस शेयरमा न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । यसमा ५० कित्ता शेयरमा आवेदन दिनका लागि १८ हजार ४५ रुपैयाँ लाग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*