सामान्य अकंले घट्यो सेयर बजार, कारोबार २ अर्ब माथि

१६ फाल्गुन २०८०, बुधबार १५:०३

काठमाडौँ । दुई दिन बढेको बजार पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल बलियो हुन नसक्दा बजार राताम्य भएको हो ।

केहि महिना अघि २२ सय बिन्दुमा पुगेको परिसूचक खुम्चिदै गएको छ । कारोबार रकम समेत निरन्तर घट्दो अवस्था रहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको ५१ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

सात परिसूचक आज राताम्य भएको छन् । बुधबार बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.११ प्रतिशत र फायनान्स समूहमो ०.९६ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*