दुई कम्पनीको साधारण सभा आज, एकले लाभांश पारित गर्दै

१८ फाल्गुन २०८०, शुक्रबार ०८:२९

काठमाडौं । आज (फागुन १८ गते) दुई कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यस दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी र मल्टिपर्पस फाइनान्स लिमिटेडले सभा बोलाएका हुन् । जसमध्ये एशियन लाइफले लाभांश पारित गर्दैछ भने मल्टिपर्पस फाइनान्सले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।

एशियन लाइफको सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजेबाट बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.७५ प्रतिशत बोनस शेयर र ०.४०७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । त्यस्तै, बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ यस कम्पनीले फागुन ८ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यता, मल्टिपर्पस फाइनान्सको सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज सप्तरीमा दिउँसो १ बजेबाट हुनेछ ।

सभामा गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुनेछ । साथै, सभाले संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सभा प्रयोजनार्थ यस कम्पनीले फागुन ६ गते बुक क्लोज गरिसकेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*