लघुवित्तको शेयरमा देखिएन लगानीकर्ताको आकर्षण, २ हजार मुनि नै किन्न पाईन्छ शेयर

१८ फाल्गुन २०८०, शुक्रबार १६:३५

काठमाडौं । यो साता नेप्सेमा समग्रमा ३३।७४ अंबले घटेको छ। गत साता ओरालो यात्रामा बन्द भएको नेप्सेमा यो साता भने केही सकारात्मक नै रहेको छ।नेप्सेमा उत्तारचढाव आँउदा लघुवित्त क्षेत्रमा भने खासै सुधार हुन सकेन । कुनै समय लगानीकर्ताको रोजाईमा रहेको लघुवित्तको शेयरमा हुनेगरेको थियो ।

लघुवित्तको लाभांशमा कडाई देखि यस क्षेत्रमा आएको समस्याको कारण यस क्षेत्रप्रति लगानीकर्ताहरुको आर्कषण कम हुँदै गएको देख्न सकिन्छ ।

२ हजारमाथि प्रतिकित्ता शेयर मूल्य पुग्ने लघुवित्तको शेयर मूल्य अहिले १८ सय पुग्न पनि धौ धौ पर्न थालेको छ ।

१५ सय माथि जम्मा चार लघुवित्तको शेयर मूल्य रहेको छ। बाँकि न्यूनतम ५ सय देखि १५ सय मुनि नै रहेको देख्न सकिन्छ ।
साताको अन्तिम दिन आत्मनिर्भर र समाज लघुवित्त, मिथिला र नेष्डो लघुवित्तको शेयर मूल्य १५ सय माथि रहेको छ। बाँकिको शेयर मूल्य पाँचस माथि हजार मुनि नै रहेको छ।

Source: Nepse

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*