सर्वोत्तम सिमेन्टले कति पाउला ओपनिङ रेन्ज ?

१९ फाल्गुन २०८०, शनिबार ०९:३१

काठमाडौं । नेप्सेले सर्वोत्तम सिमेन्ट लिमिटेडलाई १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ ।

सूचीकरण पछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको प्रतिसेयर नेटवर्थ को ३ गुणासम्म ओपनिङ रेन्ज तोक्ने गरेको छ ।यो सिमेन्टको आर्थिक वर्ष २०७९(८० को अडिटेड रिपोर्ट अनुसार प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । सर्वोत्तम सिमेन्टको आइपीओमा अन्तिम दिन ९फागुन १६ गते० १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा फागुन १६ गते साँझ ५ः०६ बजेसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १९।३२ गुणा बढी हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०।९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*