‘सेयर बजारमा लगानीकर्ताले विश्वास गर्ने ठाउँ नै रहेन’

दिपक बिष्ट
२० फाल्गुन २०८०, आईतवार ०८:००

काठमाडौँ । राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा पश्चात सेयर बजारले गति लिन सकेको छैन । मार्केट निरन्तर ओरालो लागि रहेको छ । बजारमा आएको गिरावटले लगानीकर्ता निराश छन् ।

मौद्रिक नीतिको समिक्षा माथि लगानीकर्ता ठुलो आश गरेका थिए । तर, केन्द्रिय बैंकले सेयर बजारलाई बाधा गर्ने कुनै पनि नीतिगत ब्यवस्थामा परिर्वतन नगर्दा बजार खुम्चि रहेको छ । लगानीकर्ताको आत्माबल बलियो हुन नसक्दा बजारमा गिरावट आएको आंकलन विज्ञहरुले लगाइ रहेका छन् । अब मार्केटको यात्रा सकारात्मक हुनेप्रति विश्वास नै घटेको छ ।

लगानीकर्ताले विश्वास गर्ने ठाउँ छैन

शेयर बजारमा लगानीकर्ताले विश्वास गर्ने वातावरण हराउँदै गएको छ । नयाँ कुनै पोलिसी नआउँदा विश्वासको कुनै गुञ्जायस छैन । पछिल्लो समय शेयर बजार मात्र नभई सबैतिर मन्दीको अवस्था छ । भोलिका दिनमा बजारमा नयाँ माहोल हुन्छ, लगानी गरौँ भन्ने अवस्था नै छैन । लगानीकर्ताले मौद्रीक नीतिको समीक्षामार्फत सुधारको ठूलो आशा गरेका थिए ।

फलतः केही पनि सम्बोधन हुन सकेन । अहिले छोटो (अल्पकालीन)समयका लगानीकर्ता हाबी भएको देखिन्छ । सकेसम्म अलिक नाफा हुने वित्तिकै बुक गरौँ भन्ने मनोभावना बढेको छ ।

नियामकले लगानीकर्ताको भावना कहिल्यै बुझेन

नियामकले लगानीकर्ताको मनोभावना कहिल्यै बुझेको छैन । शेयर बजारमा सबै भन्दा ठूलो प्रभाव लगानीकर्ताको मनोबलले नै पार्छ । नियामकको गलत नियतका कारण मार खेपिरहेका लगानीकर्ताको मनोबल बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनले थप कमजोर बनाएको छ । शेयर बजारमा ठूलो हिस्सा बोकेका बैंक तथा वित्तीय संस्थाप्रतिको नकारात्मक टिकाटिप्पणीले बजारलाई ओरालो यात्रातर्फ धकेल्न थप मद्दत गरेको देखिन्छ ।

लगानीकर्ताले उठाउँदै आएका माग नियामकले ब्यवास्था गर्दै आइरहेका छन् । बेला बेला नियामकका ढोका ढकढकाउन लगानीकर्ता दैलोमा पुगेपनि सम्बोधन हुन सकेको छैन । सेयर बजारका लागि राष्ट्र बैंक, अर्थमन्त्रालय र सेबोन आश्वासनमा मात्र सिमित हुने गरेका छन् ।
पूँजी बजार अर्थतन्त्रको मेरुदण्ड हो

नियामकले शेयर बजारलाई अर्थतन्त्रको मेरुदण्ड हो भन्ने बुझ्नु आवश्यक छ । त्यसै अनुसार लगानीकर्तामैत्री पोलिसी बजारमा ल्याइनुपर्छ । लगानीकर्ताले ठूलो अपेक्षा गरेको मौद्रीक नीतिमार्फत शेयर बजारप्रति उदार पोलिसी आउनु पर्नेमा त्यसो हुन सकेको छैन । लगानीकर्ताको मनोबल उच्च हुँदा यसै पूँजी बजारमा ९ अर्ब रुपैयाँको कारोबार भएको थियो । तर, मौद्रीक नीतिले लगानीकर्ताको आशामाथि गरेको प्रहारले बजारलाई थप उचाइमा लैजानबाट ब्रेक गरेको हो । मौद्रीक नीतिको समीक्षापश्चात बजारले ओरालो लय पक्डिएको छ । व्यवसायीहरु सटर लगाएका बसेका छन् । काठमाडौंका न्यूरोड, विशाल बजारतिर सटर लिनका लागि वर्षौं कुरेर बस्नु पथ्र्यो आज त्यस्तो ठाउँमा सटर बन्द भएको अवस्था छ ।

सेयर बजार चलयमान नहुँदा राज्यले अर्बौ रकम गुमाइरहेका छन् । नीतिगत अवरोध सुधार नगर्दा राज्यलाई नै घाटा भइरहेको छ । अब नियामकले यो कुरा बुझ्नु आवश्यक रहेको छ ।

तत्काल बजार बढ्ने संकेत नै छैन

लगानीकर्ताको मनोबलले बजार कता तिर लैजान्छ भन्ने कुराको निर्धारण गर्छ । अहिले लगानीकर्ताको मनोबल निकै कमजोर बनेको छ । मार्केट सुधार तिर जान्छ भन्ने अहिले कुनै आधार नै देखिएका छैन ।

(लगानीकर्ता राधा पोखरेलसँगको कुराकानीमा आधारित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*