पिपुल्स पावरलाई हकप्रद शेयरको प्रस्ताव सभामा पेश गर्न आयोगको स्वीकृति

२० फाल्गुन २०८०, आईतवार ०९:५१

काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ ।

चार दशमलव ९६ मे.वा. क्षमताको पुवा–२ जलविद्युत आयोजनाको प्रबद्र्धक रहेको यस कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव सभामा पेश गर्न स्वीकृतिका लागि गत मंसिर १९ गते आयोगमा निवेदन पेश गरेको थियो ।

सोही सम्बन्धमा आयोगको फागुन १५ गते बसेको बैठकले कम्पनीलाई १ः०.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*