लोवर इर्खुवा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

२० फाल्गुन २०८०, आईतवार १२:२५

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।

यस कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख ५ हजार ७५० कित्ता शेयर निष्काशनको माग राख्दै बोर्डमा आवेदन दिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*