ओरालो यात्रातर्फ नेप्से, देखिएन सुधार

२० फाल्गुन २०८०, आईतवार १५:१३

काठमाडौं । गत साता उत्तारचढावका रहेको शेयर बजार यो साताको पहिलो दिन अर्थात् नेपाल स्टक एक्सचेञ्ज ओरालो लागेको छ।

प्रिमियम मूल्य र बुक बिल्डिङको आइपीओको कारण पनि बजारमा प्रभाव परेको शेयर लगानीकर्ताहरुको बुझाई छ । चर्को मूल्यको शेयर त्यसमाथि आम लगानीकर्ताको आकर्षण नघट्नुको कारण पनि शेयर बजार उकालो लाग्न नसकेको उनीहरुको बुझाई छ ।

अघिल्लो साता २००५ अंकमा रहेको नेप्से गत साता १९७२ को विन्दुमा कायम भएर बन्द भएको थियो । यो साता २ हजारको विन्दुमा नेप्से पुग्ने अपेक्षामा रहेका लगानीकर्ताहरु निराश बनेका छन् । गत साता हाईड्रोपावरको शेयर मूल्यमा उच्च गिरावट आँउदा बजारलाई प्रभाव पारेको लगानीकर्ताहरुको धारणा रहेको छ।

शेयर बजार नबडुन्मा प्रिमियम मूल्य जस्ता चर्को मूल्य शेयर रहेको शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल र सुवास चन्द्र भटट्राईको रहेको छ। सामाजिक संजालमा पोष्ट गर्दै शेयर बजारको बिषयमा यस्तो धारणा व्यक्त गरेका छन् ।

साताको पहिलो दिन नेप्से आज ११।७८ अंकले घटेर १९६०।३० को विन्दुमा कायम भएको छ।

नेप्से ओरालो लाग्दा कमाउने भन्दा गुमाउने कम्पनीहरुको सङख्या धेरै रहेको छ। आज १७३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ६७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ५५ लाख ७४ हजार २ सय ७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर करोबार भएको छ।सूचकको आधारमा हेर्ने हो भने दुई सूचक बाहेक आज सबै राताम्मे भएको छ।

आज होटल एण्ड टुरीजम र उत्पादमूलक क्षेत्र बाहेक कुनै उपसूचक बढ्न सकेको छैन ।

सर्वाधिक कारोबार
साताको पहिलो दिन सोनापुर मिल्सको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, शिवम सिमेन्टस, हिमालयन रि, बोर्टलर्स नेपाल, जोशी हाईड्रोपावर, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, आईजीआई पु्रडेन्सियल र डाङी गुप्रको आज सर्वाधिक कारोबार भएको छ।


सर्वाधिक कमाएका

गोलवल आइएमई लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्ड २, सिवाईसी नेपाल, बोर्टलर्स नेपाल, गणपति लघुवित्त, ग्रिन लाइफ,सोनापुर मिल्स, लक्ष्मी उन्नती कोष, मोगा म्युचुअल फण्ड १ र कालिका पावरको लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

सर्वाधिक गुमाएका

चिख्वा खोलाका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, बोटलर्स नेपाल, कामना सेवा विकास बैंकको डिभेञ्चर ८७, बिपिडब्लू, बिशाल बजार, श्रीजनशील, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, मौलुङ खोला, माथिल्लो मैलुङ र जोशी हाईड्रोपावरको शेयर मूल्यमा गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*