लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम, बुक क्लोज कहिले?

२१ फाल्गुन २०८०, सोमबार ०८:३१

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चैत्र १३ गते मंगलवार अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि दशौं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आवको वार्षिक प्रतिवेदन सहित, नगद प्रवाह र नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि सभामा प्रस्तुत हुनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । नेप्सेमा फागुन २९ गतेसम्म कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*