पाँच वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई बोटलर्स नेपालको आग्रह

२१ फाल्गुन २०८०, सोमबार ०९:०५

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश भुक्तानी नलिएका आफ्ना शेयरधनीलाई लाभांश लिन आउन आग्रह गरेको छ ।

कम्पनीहरुको आर्थिक वर्ष २०७४।०७५ को वार्षिक साधारण सभाले पारित गरेको लाभांश अझैसम्म पनि केही शेयरधनीले भुक्तानी नलिएपछि एक महिनाभित्र सम्पर्क गरी लाभांश रकम भुक्तानी लिन आग्रह गरको हो ।

लाभांश भुक्तानी लिन आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

साथै, तोकिएको अवधिभित्र पनि लाभांश भुक्तानी नलिएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*