प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

२१ फाल्गुन २०८०, सोमबार ०९:४१

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभाशं दिने निर्णय गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा पाँच प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी आगामी साधारण सभाले पारित गरेपश्चात् शेयरधनीमा वितरण गरिनेछ ।

pravu dividend

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*