नेप्से ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटका लागि कारोबार बन्द

२१ फाल्गुन २०८०, सोमबार ११:२६

काठमाडौं । शेयरबजार ५ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको छ ।

साताको दोस्रो दिन नेप्से परिसूचक कारोबार सुरु भएको ३ मिनेट मै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । बजार ९८.६९ अंकले बढेर २०५९.०० बिन्दुमा कायम भई ब्रेक लागेको छ ।

शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*