नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

२१ फाल्गुन २०८०, सोमबार ११:५४

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीरकण गरिएको हो ।

छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आवको मुनाफाबाट पाँच प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोही बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकरण गरिएको छ । यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८.५५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आजको दिन सोही बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*