सेयर बजारमा तेस्रोपटक पनि सर्किट ब्रेक, आजका लागि कारोबार बन्द

२१ फाल्गुन २०८०, सोमबार १२:०७

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा तीनवटा सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको छ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको हो।

बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर २०३९.६० बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो र २० मिनेटपछि बजार खुलेको १ मिनेटमै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि ४० मिनेट बन्द भएर कारोबार खुलेको पुनः १ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो।

आइतबार सेयर बजारको परिसूचक नेप्से ११७.७० अंक बढेर २०७८.०० अंकमा कायम भएको छ।

शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*