नेप्से ६ प्रतिशतले बढ्दा ३७.५२ करोडको कारोबार

२१ फाल्गुन २०८०, सोमबार १२:४०

काठमाडौं । साताको दोस्रो दिन आज नेप्सेमा तीन चोटी लगातार सर्किट ब्रेक लागेपछि आजको कारोबार ६ प्रतिशत् अर्थात ११७.७० अंकले बढेपछि १२ बजेर ४ मिनेट जाँदा बजार बन्द भएको छ । आज नेप्से २०७८ को विन्दुमा कायम हुँदा ३७ करोड ५२ लाख ९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

नेप्से उकालो लागेसँगै आज १२ वटा उपसूचकमा हरियाली छाएको छ । आज एकमात्र म्युचअल फण्ड ०.१० प्रतिशतले घटेको छ । यस दिन हाइड्रोपावर उपसूचक सर्वाधिक ७.८६, अन्य उपसूचक ६.७५, विकास बैंक उपसूचक ६.४१, इन्भेष्टमेन्ट उपसूचक ६.४० प्रतिशतले बढेको छ ।

त्यसैगरी जीवन बीमा उपसूचक ६.३२, फाइनान्स ६.१३, वाणिज्य बैंक ५.९४, होटल तथा पर्यटन ५.५८, उत्पादन तथा प्रशोधन ५.१५, निर्जीवन बीमा ४.३८, टे«डिङ ३.६५ र माइक्रोफाइनान्स उपसूचक ३.०९ प्रतिशतले बढेको छ ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको शेयरमूल्य बढ्दा दुई कम्पनीको मात्र शेयरमूल्य घटेको छ । यस दिन रिडी पावर, शिव श्री हाइड्रोपावर, राप्ती हाइड्रो, मेन्छियाम हाइड्रो र रिलायबल नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, एशियन हाइड्रोपावर, बाराही हाइड्रोपावर, जोशी हाइड्रोपावर र अरण भ्याली हाइड्रोपावरको ९.९९ प्रतिशतले शेयरमूल्य बढेको छ । घलेम्दी हाइड्रो र कामना सेवा विकास बैंकको ९.९८ प्रतिशतले शेयरमूल्य बढेको छ । आज ग्लोबल आइएमई लघुवित्तको ०.१२ र गणपति लघुवित्तको ०.०३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

आज सोनापुर मिनरल्सको सार्वधिक कारोबार भएको छ । यस कम्पनीको ४ करोड ५० लाख ३३ हजार २३९ रुपैयाँबराबरको शेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिको दुई करोड ९९ लाख ७५ हजार ३९५ र तेस्रोमा शिवम् सिमेन्टको दुई करोड ७६ लाख ५ हजार ३२४ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी आज, मोलुङ हाइड्रोपावर, ङादी गु्रप, एनआरएन इन्फ्रान्ट्रक्चर, सगरमाथा जलविद्युत, एशियन लाइफ, नबिल बैंक र घोराही सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*