अपर हेवाखोला हाइड्रोपावरको सभा चैत्र १६ गते बस्दै, के–के छन् एजेण्डा?

२२ फाल्गुन २०८०, मंगलवार ०८:००

काठमाडौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारण सभा चैत्र १६ गते शुक्रबार, युनियन हाउस, अनामनगर–काटमाठौंमा बिहान ११ बजेदेखि बस्ने भएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिले यो निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । चालु आवका लागि लेखापरीक्षक नियृुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

त्यस्तै, संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्नुका साथै सर्वसाधारण शेयरधनी समूहबाट एक जना संचालक निर्वाचन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*