सेयर बजारमा पहिरो, १० मिनेटमै २९ अकंले घट्यो

२२ फाल्गुन २०८०, मंगलवार ११:१२

काठमाडौँ । सेयर बजारमा पहिरो आएको छ । हिजो नयाँ अर्थमन्त्री पाउने आशले लगानीकर्ता उत्साहित भएका थिए । सेयर बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेल हुने आश लगानीकर्तामा रहेको थियो । तर, वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लाले लगानीकर्ता पुनः पुन निराश बनेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज १० मिनेटमा २९ अकंले घटेको छ । यो समाचार तयार पर्दा (११ः१० बजे) सम्ममा २९.२३ अकंले घटेर २०४८.७७ बिन्दुमा पुगेको छ ।

कारोबार ५४ करोड ४७ लाख ३८ हजार रुपैयाँको भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*