निजामती कर्मचारीले पनि अब शेयर खरिदबिक्री गर्न र एक प्रतिशतभन्दा कम संस्थापक शेयरधनी बन्न पाउने

२२ फाल्गुन २०८०, मंगलवार १४:०३

काठमाडौं । निजामती कर्मचारीहरूले शेयर बजारमा कारोबार गर्न पाउने भएका छन् । संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति प्रदान गरेको छ ।

कर्मचारीहरुको आचरणको व्यवस्था अन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । यस व्यवस्था अन्तर्गत बहालवाला कर्मचारीले नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पाउने छैनन् ।

खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भने पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*