नेप्से ७० अंकले घट्दा चार अर्बको कारोबार

२२ फाल्गुन २०८०, मंगलवार १५:०८

काठमाडौं । अघिल्लो दिन सर्किट ब्रेक लागेको नेप्से आज उच्च अंकले घटेको छ । मंगलबार नेप्से ७०.३१ अंकले घटेर २००७ को विन्दुमा कामय भएको छ । बजार घटेपनि आज चार अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।

यस दिन १२ वटा उपसूचक राताम्य भएका छन् भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले बढेको छ । आज अन्य उपसूचक ४.३५, हाइड्रोपावर ४.३० र उत्पादन तथा प्रशोधन उपसूचक ४.२० प्रतिशतले घटेको छ ।

आज नेप्सेमा सूचीकृत ३३ कम्पनीको शेयरमूल्य बढ्दा २१३ कम्पनीहरुको शेयरमूल्य राताम्य भएको छ । गुराँस लघुवित्तको ८.७३, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को ७.८५, हिमालयन ८०–२० को ४.५६, महिला लघुवित्तको ४.११ र मोलुङ हाइड्रोपावर ३.४१ प्रतिशतले बढेको छ ।

यता, बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेको छ । त्यस्तै, बोटलर्स नेपाल (तराई) को ९.४५, प्रभु इन्स्योरेन्सको ८.६४ र बीपीडब्लू लघुवित्तको ८.३१ प्रतिशतले शेयरमूल्य घटेको छ ।

आज सोनापुर मिनरल्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । यस कम्पनीको आज ४१ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रामा शिवम् सिमेन्टको २४ करोड ६५ लाख, तेस्रोमा घोराही सिमेन्टको १४ करोड ३१ लाख, जोशी हाइड्रोपावरको १३ करोड १९ लाख र हिमालयन रिको १२ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*